काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।