Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली रहेसम्म एमालेसँग एकता हुँदैन, नेतृत्व फेरिए ढोका खुला छ : प्रचण्ड

ओली रहेसम्म एमालेसँग एकता हुँदैन, नेतृत्व फेरिए ढोका खुला छ : प्रचण्ड

बुधवार , आश्विन २९, २०८२

धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता बारे टिप्पणी गरेका छन् ।

बुधबार धादिङको बेनीघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा उनले केपी शर्मा ओलीको नेतृत्वमै एमाले रहने हो भने तत्काल एकताको सम्भावना नरहेको बताएका हुन्।

कार्यक्रममा युवा तथा पार्टी नेताकार्यकर्तासँग छलफल गर्दै प्रचण्डले भने, 'अबको माओवादीको मुख्य लाइन भनेको चुनाव हो। केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन, तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।'

उनले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी पनि दिए। उनका अनुसार वाम एकता अहिले पनि आवश्यक रहेको छ तर त्यसका लागि विचार, नेतृत्व र दृष्टिकोणमा परिवर्तन हुनुपर्नेछ।

कार्यक्रममा सहभागी युवा कार्यकर्ताहरूसँग संवाद गर्दै प्रचण्डले माओवादीको राजनीतिक मार्गप्रति नयाँ पुस्ताको विश्वास बढ्दै गएको बताए। 'अहिले मेरो जेन्जी युवाहरूसँग पनि छलफल भइरहेको छ। उनीहरूले माओवादीको विचार र मार्गदर्शन सही रहेछ भन्ने बुझ्न थालेका छन्,' उनले जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077