Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काम चलाउको हैसियतमा नयाँ सरकारका लागि सिफारिस गरेकै हो, तर सुझाव विपरीत संविधान बाहिरबाट गठन भयो : ओली

काम चलाउको हैसियतमा नयाँ सरकारका लागि सिफारिस गरेकै हो, तर सुझाव विपरीत संविधान बाहिरबाट गठन भयो : ओली

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिस विपरित वर्तमान अन्तरिम सरकार गठन भएको दावी गरेका छन् । ओलीले असहज परिस्थितिका बीच आफूले संसद् भित्रैबाट सरकार बनाउन सिफारिस गरेको भए पनि त्यस विपरीत सरकार गठन भएको दाबी गरेका हुन्।

जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले मुख्य मुख्य दलहरुको सुझावलाई समेत सरकार बनाउँदा अस्वीकार गरिएको उल्लेख गरे ।

ओलीले बैठकमा पेश गरेको प्रतिवेदनमा भनिएको छ–‘असामान्य परिस्थितिका बिचमा थप क्षति हुन नदिन प्रधानमन्त्रीले राजिनामा दिइसकेपछिको अन्योलपूर्ण अवस्थालाई निकास दिन हामीले संविधानसम्मत विकल्पहरू प्रस्तुत गरेका थियौं ।

असहज परिस्थितिका बिचमा गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने भएमा पनि त्यसलाई संसद को मार्फत् संविधान संशोधन गरेर संवैधानिक प्रक्रिया मार्फत् अगाडि बढाउने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक दलहरूबीच सहमति निर्माण गर्ने र कुनै पनि अर्थमा प्रतिनिधिसभा विघटन गर्न नहुने हाम्रो स्पष्ट र दृढ अडान थियो।

सोही अनुरूप संविधानसम्मत् निकासका लागि काम चलाउ सरकारको प्रधानमन्त्रीको हैसियतले मैले सिफारिस गरेका थिएँ। तर त्यो सुझाव विपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ। तसर्थ यो सरकार असंवैधानिक छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077