Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक रामबाग महलमा

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक रामबाग महलमा

बुधवार , आश्विन २९, २०८२

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

ललितपुर भनिमण्डलस्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा अहिले महासचिव शंकर पोखरेलले सम्बोधन गरिरहेका छन्।

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक राखेको हो। बैठक असोज ३१ गतेसम्म चल्ने बताइएको छ।

प्रतिवेदनमा हालैको जेन जी प्रदर्शन र विध्वंश,त्यसको प्रभाव र परिणाम,जेन जी विध्वंशपछि गठित अन्तरिम सरकार, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा भाग नलिने र सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गराउने विषयहरू रहेको बुझिएको छ ।

साथै बैठकमा मंसिरमा हुने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने छ।

एमालेका अध्यक्ष ओलीलाई राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले मोटरसाइकल एस्कर्टिङ गर्दै गुण्डुबाट जावलाखेलसम्म पुर्याएका थिए ।

May be an image of one or more people, dais and textMay be an image of one or more peopleMay be an image of one or more people and text that says 'መመ T'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077