काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले भने पदबाट हट्न तयार रहेको बताएका छन्।
बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले केन्द्रीय कमिटी र महाधिवेशनको म्याण्डेट अनुसार अघि बढ्न तयार रहेको बताए।
ओलीले भने- 'मैले हट्न पर्छ कि पर्दैन भन्ने कुरा फेसबुकले भन्ने होइन यो कमिटीले भन्ने हो। यो कमिटीले हट्नुपर्छ भनेका बेला एकदम खुशीका साथ अँध्यारो मुख नलगाई हट्न तयार छु। सामाजिक संजालमा भएको आलोचनाप्रति लक्षित गर्दै हट्ने प्रक्रिया हुन्छ फेसबुकमा हल्ला गरेर हुँदैन।'
उनले पार्टीका नेता कार्यकर्तालाई विधि पद्धतिअनुसार चल्न पनि निर्देशन दिए।
ओलीले भने- 'कतिपयले साथीले मलाई भन्छन्,तपाईंलाई त बोकेर जानै सकिन्नँ । किन बोक्नुपर्यो रु म आफैं हिँड्छु त। हिँड्न नसक्ने होइन दौडन सक्ने अवस्थामा छु। अझै सप्रेन ओली भन्छन् । केपी ओली बिग्रिएको भए पो सप्रिनू ।'
उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने ओलीको भनाइ छ।