Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको स्टाटप्रति किसान महासंघको आपत्ति, यस्तो छ चेतावनी

बालेनको स्टाटप्रति किसान महासंघको आपत्ति, यस्तो छ चेतावनी

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसप्रति गम्भीर आपत्ति जनाएको छ । मेयर शाहले ‘किसानझैँ फोहर’ लेखेर किसानको अपमान गरेको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको हो ।

महासंघले आज एक विज्ञप्ति जारी गरी बालेनले सोमबार राति फेसबुकमा कविता लेख्दै किसानलाई होच्याउने र स्वाभिमानमा चोट पुग्ने शब्दावली प्रयोग गरेको बताएको हो।

साथै महास‌ंघले त्यो स्टाटस तुरुन्त हटाउन र किसानसँग माफी माग्न आग्रह गर्दै अन्यथा मेयर शाहविरुद्ध थप कदम चाल्ने चेतावनीसमेत दिएको छ।

‘काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी “किसानझैँ फोहर” भनी दिइएको अभिव्यक्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। मुलुकको प्रमुख र आधारभूत उत्पादक शक्तिका रूपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरूको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भर्त्सना र निन्दा गर्दछ । काठमाडौं महानगरपालिकाको मेयरजस्तो जिम्मेवार पदमा आसीन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाइ व्यक्त हुन खेदजनक छन्। मेयर साहलाई अविलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफी माग्न सूचित गरिएको छ। अन्यथा निज साहको विरुद्धमा महासंघले थप कदम उठाउने समेत चेतावनी दिन चाहन्छौँ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077