काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेको हो।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।