काठमाडौं । मदन पुरस्कार गुठीले सोमबार दुई सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
गुठीले केही समयअघि घोषित २०८१ सालका निम्ति ‘जगदम्बाश्री सम्मान’ नेपाली लोक गायन तथा लोकसंस्कृतिमा समर्पित सर्जक प्रेमदेव गिरीलाई प्रदान गरेको हो ।
यस्तै, ०८१ सालको मदन पुरस्कार ‘उरमाल’ उपन्यासका निम्ति कृतिका लेखक छुदेन काविमोलाई प्रदान गरिएको छ ।
दुवै सम्मान/पुरस्कारका साथ चार/चार लाख रुपैयाँ नगद राशि समेत प्रदान गरिएको थियो ।