Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छानिए

काठमाडौं । 'मदन पुरस्कार २०८०' का लागि पाँचवटा कृति छनौटमा परेका छन् ।

मदन पुरस्कार गुठीले २०८० सालमा प्रकाशित भएका विभिन्न तीन सय चारवटा किताबमध्ये पाँच वटा छनौट गरेर सार्वजनिक गरेको हो।

गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पाँच कृतिको नाम सार्वजनिक गरेको हो ।

छानिएका कृतिहरूमा भक्त स्याङ्तानको 'डम्फुको आत्मालाप', मोहन मैनालीको 'मुकाम रणमैदान', जीवन क्षेत्रीको 'नुन–तेल', भावेश भुमरी र प्रणिता चामलिङको 'भावलिपि' र रोशन थापा नीरवको 'सन्त्रासका साठी दिन' छन्। छ

नोट भएका पाँचमध्ये सबभन्दा उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077