Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मदन पुरस्कार विजेता जोशीको तेस्रो कृति ‘बाआमा’ विमोचन

काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नयाँ कृति ‘बाआमा’ विमोचन भएको छ ।

शुक्रबार प्रज्ञाप्रतिष्ठानको डबलीमा जोशीको नयाँ कृति ‘बाआमा’ विमोचन गरिएको हो ।

बुकहिल प्रकाशक रहेको रामलाल जोशीको तेस्रो कृति ‘बाआमा’लाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र सगुना शाहाले सयुक्त रूपमा विमोचन गरेका थिए ।

यसअघि रामलाल जोशीको २०७२ मा प्रकाशित ‘ऐना’ कृतिले मदन पुरस्कार जितेको थियो । रामलालको दोस्रो पुस्तक ‘सखी’ हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077