Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मदन पुरस्कारका लागि ५ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक

काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच कृति छनोट भएका छन् । मदन पुरस्कार गुठीले ३१३ कृतिबाट उत्कृष्ट पाँच छनोट गरेको हो ।

छानिएका कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकलाल ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ।

यिनै कृतिमध्ये एकले मदन पुरस्कार २०७९ पाउने छन् । गुठीलाई प्राप्त तीन सय १३ पुस्तकहरूबाट छनौटमा परेका सूचीमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष–२०७९ को मदन पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

२०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077