Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ४० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ४० हजार नाघ्यो

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आजको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । आइतबार सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077