काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग कार्यवाहक मागेको दाबीसम्बन्धी समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै कोइरालाले सो समाचारमा उल्लेख गरिएका विषयहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित रहेको स्पष्ट पारेका छन् ।
उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा संस्थापन पक्षको नाम लिएर उल्लेखित कुराहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित छन्। समाचारमा उल्लेख गरिएका विषयहरूमा कुनै पनि सत्यता छैन।”
कोइरालाले पार्टीभित्र भ्रम फैलाउने उद्देश्यले गरिएको प्रचारप्रति विरोध जनाउँदै यस्ता असत्य समाचारहरूले कांग्रेसभित्रको स्वस्थ बहस र आन्तरिक लोकतन्त्रलाई कमजोर पार्ने बताएका छन् ।