Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी प्रदर्शनमा लुटिएको थ्रीनटथ्री राइफल दमकमा फेला

जेनजी प्रदर्शनमा लुटिएको थ्रीनटथ्री राइफल दमकमा फेला

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । भदौ २५ गतेको जेनजी आन्दोलनमा लुटिएको प्रहरीको हतियार दमकमा फेला परेको छ । दमक नगरपालिका–५ धनेश्वर मन्दिरको गेटनजिकैबाट थ्रीनटथ्री राइफल बरामद भएको हो।

प्रहरीका अनुसार जेनजी आन्दोलनको दिन भदौ २५ गते इलाका प्रहरी कार्यालयबाट लुटिएको उक्त हतियार मन्दिरको गेटनजिकै भेटिएको हो।

बेवारिसे अवस्थामा बन्दुक देखेपछि स्थानीयले आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा गएको टोलीले हतियार ल्याएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

उक्त राइफल आन्दोलनकै क्रममा दमकबाट लुटिएको पुष्टि भएको र थान १ म्यागजिन समेत फेला पारेर ल्याइएको खड्काले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077