Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ।

शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको हो । आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।

शुक्रबार अबेरसम्म बसेको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको थियो । शुक्रबारको बैठकमा अधिकांश सदस्यहरूले तत्काल अर्ली महाधिवेशन बोलाउन अध्यक्षमाथि दबाब दिएका थिए।

शुक्रबारकै बैठकबाट अधिकांश सचिवालय सदस्य ओलीको विकल्प खोज्नुपर्ने पक्षमा एकमत रहेको दाबी पनि गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077