Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज जेनजीसंग छलफल गर्दै राष्ट्रपति र प्रधानमन्त्री

आज जेनजीसंग छलफल गर्दै राष्ट्रपति र प्रधानमन्त्री

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिसँग छलफल गर्दै छन्। छलफलका लागि उनीहरुलाई आज बिहान १० बजे राष्ट्रपति कार्यालय बोलाइएको छ ।

एक जेनजी अगुवाका अुनसार बैठकमा २२ जना जेनजी सहभागी हुनेछन् ।

यस क्रममा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने राष्ट्रपति सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए। बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077