काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने बस्दैछ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो ।
हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको बताइएको छ ।
बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको छ । आजको बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल केन्द्रित हुनेछ। पार्टीको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि तय भएको छ ।