Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा डरलाग्दो हत्या प्रकरण : टाउको बोकेरै प्रहरीमा पुगे दुई युवक !

कैलालीमा डरलाग्दो हत्या प्रकरण : टाउको बोकेरै प्रहरीमा पुगे दुई युवक !

शनिवार , आश्विन २५, २०८२

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ मा आपसी विवादका क्रममा एक युवकको वीभत्स हत्या गरिएको छ ।

शुक्रबार राति खाजा खाने क्रममा भएको झगडाले भयावह रूप लिँदा सुर्खेतका २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक बुढाको हत्यामा संलग्न दुई जना घटनापछि आफैं प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

सुर्खेतको चौकुने गाउँपालिका–३ का बुढालाई घोडाघोडी–८ का १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

घटना पछि उनीहरू टाउको बोकेरै इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए । प्रहरीका अनुसार मृतक र आरोपीहरू स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गर्दै थिए ।

सोही क्रममा भएको सामान्य विवादले उग्ररूप लिएपछि धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । घटनास्थलमा अहिले पनि प्रहरीको टोली खटिएको छ ।

सुर्खेतबाट मृतकका आफन्त आउँदै गरेका कारण शव घटनास्थलमै राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077