Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिंसा भड्काएको आरोपमा बालेनसहित कलाकार र कन्टेन्ट क्रियटरविरुद्ध किटानी जाहेरी

हिंसा भड्काएको आरोपमा बालेनसहित कलाकार र कन्टेन्ट क्रियटरविरुद्ध किटानी जाहेरी

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । भदौ २४ गतेको घटनालाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाह, हामी नेपालका संस्थापक सुदन गुरुङसहित विभिन्न कलाकार, युट्युबर र सार्वजनिक व्यक्तित्वहरूविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा किटानी जाहेरी परेको छ ।

जाहेरी अनुप उप्रेती र राजन चेम्जोङले किटानी जाहेरी दिएका हुन् । उनीहरूले जाहेरीमार्फत राज्यविरुद्धको कसुर, आतंकवाद सम्बन्धी कसुर, सार्वजनिक शान्ति भंग, हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राष्ट्रिय तथा सार्वजनिक सम्पत्ति नष्ट गरेको लगायतका अभियोग लगाएका छन्।

जाहेरीमा उल्लेख अनुसार, हालैको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काउने, भीड उक्साउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।

जाहेरीमा मेयर बालेन शाह र सुदन गुरुङसँगै कलाकार संजोग कोइराला, निश्चल बस्नेत, हिमेश पन्त, युट्युबर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, रास्वपा नेतृ ज्वाला संग्रौला, पूर्वसांसद सुमना श्रेष्ठ, पत्रकार राजीव खत्री, साथै सामाजिक अभियन्ता र टिकटक क्रियेटरहरू रिमा विश्वकर्मा, केपी खनाल, तनुजा पाण्डे, मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, रामकुमार खड्का, युजन राजभण्डारी र मनोज केसी समेतलाई आरोपित बनाइएको छ ।

जाहेरीवालाहरूले आरोपितहरूले सामाजिक सञ्जालमार्फत् जनतालाई भड्काएर सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय शितल निवास, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, भाटभटेनी सुपरमार्केटका विभिन्न शाखाहरू, पार्टी कार्यालयहरू, होटेल र निजी घरहरूमा तोडफोड र आगजनी गराएको दाबी गरेका छन् ।

प्रमाणका रूपमा फोटो, भिडिओ र सञ्चारमाध्यममा प्रकाशित सामग्रीहरू समेत प्रहरीमा बुझाइएको जाहेरीमा उल्लेख छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077