Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलनको एक महिनापछि निवर्तमान गृहमन्त्री लेखकले भने-प्रधानमन्त्री र गृहमन्त्रीबाट गोली हान्ने आदेश थिएन

आन्दोलनको एक महिनापछि निवर्तमान गृहमन्त्री लेखकले भने-प्रधानमन्त्री र गृहमन्त्रीबाट गोली हान्ने आदेश थिएन

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनको एक महिनापछि मिडियामा सार्वजनिक भएका लेखकले भने–‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।’

लेखकले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए । उनले भने–‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो । त्यो पछि यथार्थमा सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए ।’

उनले अहिलेको समयमा उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने पनि बताए ।

जेनजी आन्दोलनको पहिलो दिन नै पदबाट राजीनामा दिएका गृहमन्त्री लेखकले जेनजी पुस्ताले उठाएको विषयलाई बुझेर अघि बढ्नुपर्ने बताए ।

उनले भने–‘जेनजी पुस्ताले जे माग उठाउनुभएको छ । ती मागलाई पनि बुझेर लोकतन्त्रको मूल्य मान्यतालाई राखेर अघि बढाउनुपर्ने जरुरी छ । अहिले उत्तेजित हुने, आग्रहरपूर्वाग्रह, प्रतिशोध आदिबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवार हुनु जरुरी छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077