Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी सुरक्षाकर्मी फिर्ता भएपछि प्रचण्डको सुरक्षामा आफ्नै लडाकु, वाईसीएल पनि खटियो

सरकारी सुरक्षाकर्मी फिर्ता भएपछि प्रचण्डको सुरक्षामा आफ्नै लडाकु, वाईसीएल पनि खटियो

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । दुई दिने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका प्रहरीलाई कटौती गरेपछि वाईसीएल उनको सुरक्षामा खटिएको छ ।

पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली प्रचण्डको सुरक्षामा खटिएको हो । सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले सुरक्षा दिन थालेको हो ।

वाईसीएलका अध्यक्ष पुष्प ओलीले संयोजक प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको पुष्टि गरिसकेका छन् । ओलीले पछिल्लो परिस्थितिमा संयोजकमाथि सुरक्षा थ्रेट हुनसक्ने भएकाले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएको बताएका छन् ।

ओलीले वाइसीएल खटिएको बताएपनि प्रचण्डको सुरक्षामा पूर्वलडाकुसमेत सहभागी छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू राखिएको स्रोतको दावी छ ।

बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ भने त्यो भन्दा भित्री घेरामा गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको अर्को टोली रहेको माओवादी नेताहरु नै बताउँछन् ।

प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपरेमा पनि केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको बताइएको छ ।

१० वर्षे सशस्त्र जनयुद्ध गरेको माओवादीमा पूर्व लडाकुहरु धेरै छन् । उनीहरु नै संयोजक दाहालको सुरक्षामा खटिएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077