काठमाडौं । नेकपा एमालेले यही असोज २५ गते शक्ति प्रदर्शन गर्ने गृहकार्य थालेको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्याली निकालेर शक्ति प्रदर्शन गर्ने भएको हो
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालका गतिविधिप्रति संशय व्यक्त गर्दै एमालेले आफ्ना जनवर्गीय संगठन मार्फत विरोधका लागि विभिन्न कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा एमालेका शक्ति हेर्न सरकारलाई चेतावनी समेत दिएका छन्।
त्यसैको पहिलो परीक्षण स्वरूप युवा संघले जेनजी आन्दोलनपछि पहिलोपटक असोज २५ गते काठमाडौँमा बाइक र्याली निकाल्न लागेको हो।
यस्तै चुनाव, संसद विघटन र कार्की सरकारबारे पार्टीको धारणा बनाउन एमालेले असोज २६ गतेदेखि २९ गतेसम्म केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ।