Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढी-पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको अनुगमनमा मन्त्री घिसिङ

बाढी-पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको अनुगमनमा मन्त्री घिसिङ

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको अनुगमन गरेका छन्।

बिहीबार बिहान मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङ बीपी राजमार्ग अन्र्तगतको बाढीपहिरोले क्षतिग्रस्त चौकीडाँडालगायतका क्षेत्रको अनुगमनमा गएका हुन्।

बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो। संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो चाँडै तयार गर्न निर्देशन दिएका छन्।

मन्त्री घिसिङले शुक्रबार साँझसम्म सडकको अस्थायी ट्रयाक तयार गर्न पनि अग्रह गरे।

गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे-नेपालथोक खण्ड क्षति पुर्याएको थियो। उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो।

गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रुपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छभने कही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077