Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सानो घर, सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशा हो: मन्त्री घिसिङ

सानो घर, सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशा हो: मन्त्री घिसिङ

शनिवार , पौष १२, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले नेपाली युवालाई स्वदेशमै राख्न सरकारले न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

शनिबार आयोजित राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै मन्त्री घिसिङले यस्तो भनेका हुन् ।

उनले भने- 'नेपाली युवाको सपना भनेको एउटा सानो घर, साधारण गाडी र बच्चालाई शिक्षा, स्वास्थ्यको सहज पहुँच हो । यदि सरकारले यसलाई आधारभूत आवश्यकता मान्दै ऋण वा अन्य सहयोगको व्यवस्था गर्‍यो भने हरेक युवा नेपालमै बस्न सक्छ । नेपालमा बस्नु भन्ने तर बस्नसक्ने वातावरण नहुनुले युवाले देशमै बस्न सक्दैनन् । यही अवस्था सुधार्न सक्नुपर्छ। यही नै नेपालको प्रारम्भिक आर्थिक रूपान्तरणको सुरुवात बिन्दु हुनेछ। आगामी सरकारले यसतर्फ काम गर्नुपर्छ ।'

मन्त्री घिसिङले वर्तमान सरकार छोटो अवधिको भएकाले धेरै अपेक्षा नगर्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077