Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा पनि बालेन र सुदनविरुद्ध किटानी जाहेरी

चितवनमा पनि बालेन र सुदनविरुद्ध किटानी जाहेरी

बिहिवार , आश्विन २३, २०८२

चितवन । काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङविरुद्ध चितवनमा समेत किटानी जाहेरी परेको छ ।

नेकपा एमालेनिकट अनेरास्ववियूका चितवन जिल्ला संयोजक अमित आचार्यले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । आचार्यका अनुसार देशभरका आन्दोलनहरूमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै शाह र गुरुङविरुद्ध उजुरी दर्ता गरिएको हो ।

उनले भिडिओ, फोटो र विभिन्न फुटेजसहितका प्रमाणहरू पेनड्राइभमा राखी प्रहरीलाई बुझाएको बताए ।

यसअघि पनि देशका अन्य जिल्लाहरूमा अनेरास्ववियूले यस्तै प्रकृतिका जाहेरीहरू दिँदै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077