Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी

विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । नवयुवा (जेनजी) ले गत भदौ २३–२४ गते गरेको आन्दोलन हिंसात्मक भएसँगै देशभरका कारागारबाट फरार भएका कैदीमध्ये पाँच हजार ८१४ जना कैदी अझै फर्किएका छैनन् ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीबाट लुटेका करिब आठ सय हतियार पनि अझैसम्म बरामद हुन सकेको छैन ।

आन्दोलनको मौका छोपेर फरार भएका १४ हजार ५४९ जना कैदीमध्ये पछिल्लो २८ दिनमा आठ हजार ७३५ जना कैदी भने कारागार फर्किसकेका छन् ।

त्यस्तै प्रहरीबाट लुटिएका करिब एक हजार २५० हतियारमध्ये २७४ वटा हतियार बरामद गरिएको र ९६ वटा हतियार जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा फरार कैदीलाई स्वस्फूर्त रूपमा फर्किन सरकारले सोमबारसम्मका लागि समय दिएको थियो ।

प्रहरी कार्यालय तोडफोड र आगजनी गर्ने क्रममा लुटिएका करिब आठ सय हतियार नियन्त्रण तथा फरार झन्डै छ हजार कैदीका कारण शान्ति सुरक्षामा नै असर पर्ने देखिएपछि नियन्त्रणका लागि ‘विशेष अपरेसन सञ्चालन’ गर्ने तयारी गरिएको छ । गोरखापत्रबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077