Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ दल दर्ताका लागि कात्तिक ३० गतेसम्म म्याद

नयाँ दल दर्ताका लागि कात्तिक ३० गतेसम्म म्याद

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। सोअनुसार नयाँ राजनीतिक दल दर्ताका लागि कात्तिक ३० गतेसम्मको समय तोकिएको छ।

आयोगका अनुसार चुनावी प्रयोजनका लागि नयाँ दल दर्ता गर्न इच्छुक समूह वा व्यक्ति‌ले कात्तिक ३० गतेअगावै दल दर्ता प्रमाणपत्र प्राप्त गरिसक्नुपर्ने छ।

यसअघि नै दर्ता कायम रहेका दलहरूले भने मंसिर १ देखि १० गतेसम्म दर्ता नवीकरण गर्न सक्ने आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रमअनुसार आयोगले माघ २ गतेदेखि देशभर निर्वाचन अधिकृतका कार्यालय स्थापना गर्ने तयारी गरेको छ। त्यस्तै, उम्मेदवारहरूले फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने छन्।

आयोगले तोकेको तालिकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। दुवै निर्वाचन प्रणाली — प्रत्यक्ष र समानुपातिक6का मतपेटिका संकलन भएपछि एकैसाथ मतगणना सुरु गरिने आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077