Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनाङको उपनिर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय

मनाङको उपनिर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि तय भएको मनाङ क्षेत्र नम्बर १ (२) को उपनिर्वाचन तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले मनाङमा उपनिर्वाचन तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो ।

अहिलेको विषय परिस्थितिले निर्वाचन कार्यतालिका प्रभावित भएकोले मनाङको निर्वाचन कात्तिक १७ मा हुन नसक्ने निष्कर्षसहित छिटै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र दलहरुलाई दल दर्ता र निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गर्ने निर्णय बैठकले गरेको बताइएको छ ।

यसअघि निर्वाचन आयोगकै भदौ १३ गते शुक्रबारको बैठकले मनाङमा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि त्यस क्षेत्र प्रदेशसभा सांसदविहीन छ ।

कात्तिक १७ मै रुपन्देही ३ मा पनि उपनिर्वाचनको तय भए पनि स्थगित भइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077