Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको सक्रिय उद्धार अभियान, ७० जनाभन्दा बढीको सकुशल उद्धार

बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको सक्रिय उद्धार अभियान, ७० जनाभन्दा बढीको सकुशल उद्धार

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । देशभर अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको उद्धारका लागि नेपाली सेना सक्रिय रूपमा खटिएको छ।

आइतबार साँझसम्म सेनाले अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनसँगको समन्वयमा मोरङ, झापा र इलामका विभिन्न स्थानबाट ७० जनाभन्दा बढी नागरिकलाई सकुशल उद्धार गरेको जनाएको छ।

सबैभन्दा बढी प्रभावित झापामा सेनाले हवाई र स्थलमार्ग दुवै माध्यमबाट उद्धार कार्यलाई तीव्रता दिएको छ। झापा गाउँपालिका–१ मिलनबस्तीमा माई खोलाले हुलाकी राजमार्ग कटान गर्दा फसेका करिब ८० जनामध्ये सेनाको हेलिकप्टरमार्फत १६ जना र मोटरबोट प्रयोग गरी २० जनाको उद्धार गरिएको सेनाले जानकारी दिएको छ।

बाँकी नागरिकहरूको उद्धारका लागि काठमाडौंबाट विशेष उपकरण र दक्ष जनशक्तिसहित पुगेको हेलिकप्टर टोलीले निरन्तर कार्य गरिरहेको बताइएको छ।

त्यस्तै, झापा गाउँपालिकाका वडा नं. १, २ र ६ का डुबानमा परेका बस्तीहरूबाट सेनाले थप ३९ जनालाई मोटरबोटमार्फत सुरक्षित स्थानमा सारिएको छ।

मोरङको कटहरी गाउँपालिका–४, नयाँबजारस्थित सुकुम्बासी टोलमा लोहन्द्रा खोलाको बाढीले डुबान गर्दा फसेका ६ जना बालबालिकालाई सेनाको टोलीले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ।

सेनाका अनुसार, बाढीपहिरोबाट प्रभावित क्षेत्रहरूमा अन्य सुरक्षा निकाय र स्थानीय निकायहरूसँग सहकार्य गर्दै खोज तथा उद्धार कार्य निरन्तर भइरहेको छ। विपद्को बेला जनताको ज्यान र सम्पत्तिको सुरक्षा सेनाको प्रमुख प्राथमिकता रहेको सेनाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077