Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा मोडलमै एकता गर्दै प्रचण्ड–माधव, आलोपालो नेतृत्व

नेकपा मोडलमै एकता गर्दै प्रचण्ड–माधव, आलोपालो नेतृत्व

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाहेकका कम्युनिस्ट दलहरू एकीकृत पार्टीको नेतृत्व, संगठन संरचना र सैद्धान्तिक कार्यदिशा निर्माणको अन्तिम गृहकार्यमा जुटेका छन् ।

समाजवादी मोर्चाका नाममा सहकार्य गरिरहेका वाम दलहरूबीच संधिवान दिवसको दिन (३ असोज) मा पार्टी एकता गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका बीचमा पार्टी एकताका लागि छलफल भइरहेको छ ।

यी दलबीच मोहनविक्रम सिंह, मोहन वैद्य, धर्मेन्द्र बास्तोला नेतृत्वका वाम दलहरूलाई समेत सहभागी गराउने गृहकार्य पनि जारी छ ।

एमाले र माओवादी केन्द्रका बीचमा यसअघि पार्टी एकता भई गठन भएको तत्कालीन नेकपा मोडेलमा पार्टी एकता गर्ने सहमति भइसकेको छ ।

दलहरूका बीचमा पार्टी एकतापछि दुई अध्यक्ष, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तत्कालीन नेकपा मोडेलमा हुनेछ । कमिटीमा हुने सदस्यहरूको संख्या भने पहिलाभन्दा बढ्नेछ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077