Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको थाप्लोमा २६ खर्ब ६९ अर्ब ऋण

सरकारको थाप्लोमा २६ खर्ब ६९ अर्ब ऋण

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा नै सरकारको काँधमा थप १४ अर्ब २ करोड सार्वजनिक ऋण थपिएको छ ।

सरकारले यसअघि लिइएको ऋणमध्ये ३६ अर्ब ६८ करोड रुपैयाँ सावाँ र ब्याजबापत भुक्तान गरेको छ । यो आन्तरिक र बाह्य दुवै ऋणको हिस्सा हो ।

सरकारले साउन महिनामा ४४ अर्ब ५७ करोड ऋण लिएको छ । तर, यसअघि लिएको ३० अर्ब ऋण भने साउनमै तिरेको छ । जसका कारण १४ अर्ब मात्र ऋण थप भएको देखिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनमा सरकारले आन्तरिक ऋणबापतको २७ अर्ब १० करोड रुपैयाँ र वैदेशिक ऋणबापत ३ अर्ब ४५ करोड रुपैयाँ भुक्तान गरेको हो ।

सार्वजनिक ऋण थपिएसँगै सरकारको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड पुगेको छ । यो भनेको नेपाल सरकारले चालू आवमा आम्दानी गर्ने लक्ष्यभन्दा साढे ११ खर्बले बढी हो ।

सरकारले चालू आव २०८२/८३ मा अनुदान, राजस्वलगायतबाट कुल १५ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077