Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले विधान महाधिवेशन : विद्या समूहको फरक मतसहितको प्रतिवेदन

एमाले विधान महाधिवेशन : विद्या समूहको फरक मतसहितको प्रतिवेदन

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गोलबद्ध हुन थालेको पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीनिकट समूहले आसन्न विधान महाधिवेशनमा फरक मत पेस गर्ने तयारी थालेको छ ।

एमालेले विधान महाधिवेशनको नारा तय गरेलगत्तै भण्डारीको पक्षमा खुलेर लागेका नेताले भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न नमिल्ने भन्दै सदस्यता नवीकरण हुनुपर्नेसहितका विषय समेटेर फरक मत राख्ने तयारी गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेता विधान महाधिवेशनमा फरक मतसहित छुट्टै प्रतिवेदन पेस गर्ने तयारीमा जुटेका छन् ।

उनीहरूले प्रतिवेदनमा जनताको बहुदलीय जनवाद (जबज) को कार्यान्वयनका विषयमा नेतृत्वको स्वेच्छाचारी र कमजोर पक्षलाई समेटेर अगाडि बढाउने तयारी गरेको बताएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077