काठमाडौँ । समयको चापका बिच राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु भएको सङ्घीय
निजामती सेवा विधेयक, २०८० माथिको छलफल चार दिन पर धकेलिएको छ । पछिल्लो पटक भदौ ६ गते शुक्रबार छलफल भएको सो विधेयकमाथि अब भदौ ११ गते मात्रै छलफल सम्भव हुने छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार भदौ ८ गते आइतबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने छ ।
समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले भदौ ८ र ९ गते आफू उपत्यकाबाहिर रहने जानकारी गराएपछि निजामती विधेयकमाथिको छलफल रोकिएको बताए । गोरखापत्रबाट