Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्यात दोब्बर हुँदा पनि बढ्यो व्यापार घाटा

निर्यात दोब्बर हुँदा पनि बढ्यो व्यापार घाटा

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा करिब शतप्रतिशत निर्यात बढ्दा पनि व्यापार घाटा भने घट्न सकेको छैन ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

गतवर्षको पहिलो महिनाको तुलनामा ९५.७५ प्रतिशतले निर्यात बढे पनि व्यापार घाटा भने चुलिएको हो ।

गतवर्षको साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएकोमा अहिलेको साउनमा भने १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख रुपैयाँको आयात भएको छ । भन्सार विभागका अनुसार आयातमा ११ दशमलव ४२ प्रतिशतले बढेको छ ।

गतवर्षको साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएकोमा अहिले भने २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको निर्यात भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077