Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बराबरको सरेन्डर

१५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बराबरको सरेन्डर

शनिवार , भाद्र ७, २०८२

काठमाडौं । नेपालको आर्थिक क्षेत्र सुस्त भएसँगै बिमा शुल्क तिर्न सकस हुँदै जान थालेपछि बिमा समर्पण गर्नेहरूको संख्या बढ्न थालेको छ ।

आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्ममा साढे १३ अर्ब रुपैयाँभन्दा बढीको बिमा पोलिसी ‘सरेन्डर’ भएकामा गत आव २०८१–८२ मा १२ प्रतिशतले बिमा सरेन्डर रकम बढेको छ ।

चालू आव २०८१–८२ को असार मसान्तसम्ममा १५ अर्ब १५ करोड २१ लाख रुपैयाँबराबरको बिमा समर्पण भएको छ ।

बिमा प्राधिकरणका अनुसार गत आव २०८१–८२ मा १ लाख ८ हजार २ सय ३८ वटा जीवन बिमालेख समर्पण भएका थिए । सोभन्दा अघिल्लो आवमा १ लाख ११ हजार ३ सय ३६ पुगेको थियो ।

आव २०७९–८० मा भने जम्मा ९६ हजार ९ सय ३८ वटा पोलिसी सरेन्डर भएको थियो । यसैगरी, बिमा व्यतित हुनेहरूको संख्या पनि बढ्न थालेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077