काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको तयारी भइरहेका बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा विकसित घटनाक्रमले भ्रमणको ‘एजेन्डा सेटिङ’ अन्योलमा परेको छ ।
नेपालको अभिन्न अंग यस क्षेत्रबाट भारत र चीनले व्यापार गर्ने सहमति गरेपछि यस विषयलाई कसरी कूटनीतिक रूपमा हल गर्ने भन्ने विषय थपिएपछि भ्रमणका एजेन्डा तयमा अन्योल भएको हो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसमेतलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा भारत र चीनले यस विषयलाई ‘नोटिस’मा समेत नलिई व्यापार सम्झौता गरेका छन् ।
यस सम्झौतालाई नेपालको संसद्ले अस्वीकार गर्ने संकेत देखाएको छ भने सत्तारूढ नेपाली कांग्रेस र विपक्षी नेकपा माओवादी केन्द्रले अस्वीकार गर्ने घोषणा नै गरिसकेका छन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले संसद्मै उभिएर सम्झौता अस्वीकार गर्नुपर्ने बताएका छन् भने माओवादी केन्द्रले संस्थागत रूपमै अस्वीकार गर्नुपर्ने भनेको छ । राजधानी दैनिकबाट