Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा औपचारिक रूपमै दुई गुट

एमालेमा औपचारिक रूपमै दुई गुट

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । नेकपा एमालेको संस्थागत निर्णयविपरीत पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी राजनीतिमा जबर्जस्त रूपमा स्थापित हुने अभियानमा जुटेकी छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूलाई साथमा राखेर उनले आफू एमालेमै भएको पुनः दाबी गरेकी छन् ।यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको घोषणा भण्डारीले गरेकी थिइन् ।

पार्टीको संगठित सदस्यता नवीकरण गरिसकेर सक्रिय राजनीतिमा लागेपछि हालै बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता ‘होल्ड’ गर्दै राजनीतिमा ‘ब्रेक’ लगाउने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नमिल्ने निष्कर्षसहित भण्डारीलाई पार्टीले रोक्न खोजे पनि उनी थप सक्रिय हुन थालेकी छन् ।

लामो समयदेखि एमालेमा संस्थापनबाहेक कुनै गुट बन्न सकेको थिएन । तर, बिहीबारबाट भण्डारीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेताहरूले बानेश्वरबाट एमालेमा प्रस्ट दुई धार निर्माण भएको संकेतसमेत दिएका छन् ।

बिहीबार काठमाडौंको थापागाउँ, नयाँबानेश्वरमा मदन भण्डारीको ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै एमाले पूर्वउपाध्यक्ष भण्डारीले अब त्यही कार्यालयबाट पार्टी गुटको राजनीति सुरुवात गर्दै छिन् ।

भण्डारी समूहले यसलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077