Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली विरोधीसँग नजिकिँदै पूर्वराष्ट्रपति भण्डारी

ओली विरोधीसँग नजिकिँदै पूर्वराष्ट्रपति भण्डारी

आइतवार , भाद्र १, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफूलाई पार्टी राजीतिमा आउन निषेध गरेपछि एमाले पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी नेताहरूसँग नजिकिँदै गएकी छन् ।

पार्टी राजनीतिमा फर्कने आफ्नो चाहनामा अध्यक्ष ओली बाधक बनेपछि उनले ओलीविरोधी नेता–कार्यकर्ताको पनि साथ खोजेकी हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग समेत पूर्वराष्ट्रपति भण्डारीले छुट्टाछुट्टै भेट गरेकी छन् । श्रेष्ठ र शाहसँग छुटाछुटै भेट गरेकी भण्डारीले पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले सक्रिय राजनीतिमा रोकेपछि उनी एमाले अध्यक्ष ओली विरोधी नेताहरूसँग नजिकिँदै गएकी छन् । भण्डारीले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमालेबाट विभाजन भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको समेत साथसहयोग खोजेकी छन् ।

भण्डारी अब प्रचण्डदेखि नेपालसम्मका नेताहरूसँग भेट्ने योजनामा रहेकी छन् । ओलीविरोधी कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्दै साना कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने रणनीति भण्डारीको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077