काठमाडौं । सरकारले दसैंमा घर जाने नागरिकमार्फत विकासको सन्देश घरघर पु¥याउन नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन गर्ने तयारी गरेको छ ।
दसैंका समयमा उपत्यकाबाट सातवटै प्रदेशमा एकैसाथ बाहिरिने नागरिकमार्फत सुरुङ युगको सन्देश पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनालाई सार्थक बनाउन सुरुङमार्ग सञ्चालनको काम द्रुत गतिमा भइरहेको छ ।
सुरुङमार्ग निजी क्षेत्रले सञ्चालन गर्नेगरी मोडालिटी टुंगिए पनि प्रतिस्पर्धामार्फत कम्पनी छनोटका प्रक्रिया बाँकी भएकाले औपचारिक सञ्चालन भने पुसअघि हुन नसक्ने सम्बन्धित निकायको रिपोर्टिङ भएको भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले बताए ।
‘औपचारिक रूपमा सञ्चालन गर्न सम्भव नभए पनि प्राविधिक परीक्षणबाट सवारीसाधन सञ्चालन गर्न सकिने देखियो भने उपत्यकाबाट बाहिरिने चाप कम गर्न दसैंको बेलाबाटै सञ्चालन गर्न सकिन्छ,’ मन्त्री दाहालले भने । राजधानी दैनिकबाट