Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सडकमा भिक्षुहरुलाई उतारेर हुन्छ कुलमानको पुनर्बहाली ?

सडकमा भिक्षुहरुलाई उतारेर हुन्छ कुलमानको पुनर्बहाली ?

आइतवार , चैत्र २३, २०८१

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ ।

आफूहरूलाई स्वतन्त्र नागरिक समूह भएको बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । सो क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत माग भएको थियो ।

प्रदर्शनमा बौद्ध धर्मावलम्बी भिक्षुहरु, मनाङ समाज सेवा समितिलगायत सहभागी थिए । उज्यालो नेपालका नायक कुलमान घिसिङ, उनीहरुले पुरा नेपाल झलमल छ, जनताको मनमा कुलमान छ, कुलमान हाम्रो शान हो देश र जनताको मान हो लेखिएका प्लेकार्ड बोकेका थिए ।

सर्वोच्च अदालतले समेत नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको अवस्थामा उनको पुनर्वहालीको सम्भावना निकै कम देखिन्छ ।

न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले तीन दिन लगातारको सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077