Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री

डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री

आइतवार , चैत्र २३, २०८१

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् ।

नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले डढेलो नियन्त्रणमा सरकार गम्भीरताका साथ लागिरहेको बताए ।

मन्त्री शाहीले डढेलो नियन्त्रणमा सरकार पनि लागेर नहुने बताए ।

‘वन डढेलो नियन्त्रणका लागि सबैको प्रयास आवश्यक छ, सम्पूर्ण सरोकारवाला निकायहरू, नागरिक समाज, स्थानीय समुदाय, युवाहरूको भूमिका पनि महत्वपूर्ण छ,’–उनले भने ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले एउटा महत्वपूर्ण विपद्को रूपमा लिएर कार्यहरु गर्दै आएको बताए ।

‘डढेलो व्यवस्थापनमा राज्यका सम्पर्ण संयन्त्रहरु लागिरहेका छन् । केही हदसम्म वन डढेलोको न्यूनीकरण भएको छ’ उनले भने–‘वन डढेलो नियन्त्रणका लागि नेपाल सरकारसँग दमकलबाहेक अरू विकल्पहरू छैनन् । हामीले विभिन्न विकल्पहरू खोजी गरिरहेका छौं ।’

मन्त्री शाहीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरू परिचालन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077