Online Nepal
  • शनिबार, ३० चैत्र २०८१
  • अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

    अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • आइतबार, २४ चैत्र २०८१
  • 99
    SHARES

    अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।



    दुर्घटनामा मालारानी–४ का जीपचालक २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका अर्घाखाँचीले जनाएको छ ।

    दुर्घटनामा मालारानी–४ का अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन् ।

    जीप सडकबाट झन्डै दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार