Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ चैत्र २०८१
  • 126
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

    मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु२च २९९० नम्बरको जीप दुर्घटना भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलीप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।

    अन्य दुई घाइते भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    दुर्घटनाको खबर प्राप्त भएपछि बिहानै इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा सातजना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार