Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

आइतवार , चैत्र २३, २०८१

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु२च २९९० नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलीप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।

अन्य दुई घाइते भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनाको खबर प्राप्त भएपछि बिहानै इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा सातजना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077