काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सरकारी वा सरकारी स्वमित्वमा रहेको कार्यालयमा रोजगारी भएका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।
स्ववियु निर्वाचनको इतिहासमा त्रिविले गरेको यो निर्णय पहिलोपटक हो । त्रिभुवन विश्वविद्यालयले बिहीबार स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरी सो व्यवस्था गरेको हो ।
निर्देशिकाको दफा ६ को उपदफा ६ मा सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा उम्मेदवार हुन बन्देज लगाएको हो ।
निर्देशिकामा २१ दिनअघि निर्वाचन तालिका सार्वजनिक गर्ने उल्लेख छ । नेपाल समाचरपत्रबाट
Leave a Reply