Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फलामे डन्डी र सिमेन्टमा चरम ठगी

फलामे डन्डी र सिमेन्टमा चरम ठगी

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । फलामे डन्डी र सिमेन्टमा उद्योगीले तौल, बनावट र लागत बढेको बाहानामा मूल्य बढाउँदै उपभोक्तालाई ठग्ने गरेको पाइएको छ।

उद्योगीले डन्डीको बन्डलमा उपभोक्तालाई प्रयोगमा नआउने एस आकारको डन्डी समावेश गर्ने, उद्योगीले कम तौलको डन्डी पसलमा पठाउने, हार्डवेयर पसलले डन्डी जोख्ने काँटा छैन भन्ने भनी डन्डीमै लेखिएको तौलअनुसार बेच्ने, कम गुणस्तरका डन्डी बच्ने र सिमेन्टको लागत बढेको भनी महँगो मूल्य तोक्दा उपभोक्ता ठगिने क्रम बढेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गुणस्तरका विषयमा डन्डीमा समस्या आइरहेको बताए । उनले राज्यका निकायले प्रभावकारी काम नगर्ने र समस्या आई उजुरी पर्दामात्र राज्यले छानबिन गर्दा समस्या आइरहेको बताए ।

रड बाँध्न प्रयोग गरिने डन्डी प्रयोग नहुने हुँदा कम लागत लाग्ने गरी रड बाँध्ने व्यवस्था गर्न सकिने विकल्प हुँदासमेत उद्योगले नाफाका लागी भन्दै रड बाध्न मोटो डन्डीकै प्रयोग गर्ने गरेका छन्। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077