काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदारलाई त्यहाँको मलाक्का अध्यागमन विभागले ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ ।
अध्यागमन विभागले कानुन उल्लंघन गरेर फरार भएको भन्दै दिलबहादुर सिँजाली मगर र रबिना राईलाई ‘मस्ट वान्टेड’ सूचीमा राखेर खोजीकार्य गरिरहेको जनाएको हो ।
विभागले एक विज्ञप्ति जारी गर्दै पासपोर्ट नम्बर ४४५५३८७ भएका सिँजाली मगर र ०८३२२५१ भएका राईको खोजी तीव्र पारिएको छ ।
विभागले अन्तिमपटक उनीहरू मलेसियाको रुमा बेरलामत दी सी १–१४, रुमाह पङ्सा बचङ् जया, जलान तुन फातिमा, तमन बचङ जय, ७५३५० मेलका भन्ने स्थानमा देखिएको जनाउँदै अहिले उनीहरू बेपत्ता भएको जनाएको छ । राजधानी दैनिकबाट