काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिपक्षी दलहरू आक्रामक रूपमा उत्रिँदै छन् ।
अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोजेको भन्दै प्रतिपक्षी दलहरू सरकारविरुद्ध आक्रामक बनेका हुन् । तर, सरकारले प्रतिपक्षी दलको आरोप खण्डन गर्दै अध्यादेश आवश्यक रहेको भन्दै बचाउ गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको भन्दै यथाशीघ्र संसद् बैठक बोलाउनुपर्ने बताए ।
हरेक क्षेत्रमा असफल बन्दै गइरहेको सरकारले अध्यादेशबाट शासन गर्न खोजेको गम्भीर आरोप उनले लगाए । राजधानी दैनिकबाट