Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१७ महिनाको आयात धान्ने गरी थुप्रियो विदेशी मुद्रा

१७ महिनाको आयात धान्ने गरी थुप्रियो विदेशी मुद्रा

आइतवार , पौष २८, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रिएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ५ महिनामा विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव १ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकले ५ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै चालू खाता १ खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको चालु खाता १ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077