Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलुकमा भ्रष्टाचार बढेको बढ्यै, दुई वर्षमा ८७८ कर्मचारी र ४९१ जनप्रतिनिधिविरुद्ध मुद्दा

मुलुकमा भ्रष्टाचार बढेको बढ्यै, दुई वर्षमा ८७८ कर्मचारी र ४९१ जनप्रतिनिधिविरुद्ध मुद्दा

बिहिवार , पौष २५, २०८१

काठमाडौं । जनप्रतिनिधि र कर्मचारीहरू भ्रष्टाचारमा लिप्त हुने क्रम वर्षेनी बढ्ने गरेको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्रष्टाचार विरुद्ध मुद्दा दायर गर्ने क्रममा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा जनप्रतिनिधि र कर्मचारीहरू भ्रष्टाचारमा मुछिने क्रम बढेको हो।

वर्षेनी कर्मचारी र जनप्रतिनिधिहरू भ्रटाचारमा मुछिने क्रम बढ्दै गएकाले मुलुकमा भ्रष्टाचार बढेको र संस्थागत हुँदै गएको तथ्य देखाउँछ। जसका कारण भ्रष्टाचारविरुद्धका अभियानहरू कमजोर सावित भएका छन्।

अख्तियारका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न भ्रष्टाचार प्रकरणमा २ सय ९ जना जनप्रतिनिधि र ३ सय ५८ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

तर, गत आर्थिक वर्ष २०८०/८१ मा कर्मचारी र जनप्रतिनिधि भ्रष्टाचारमा मुछिने क्रम ह्वात्तै बढेको हो । जसअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५ सय २० जना कर्मचारी र २ सय ८२ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

मुद्दा दायरको क्रमलाई हेर्दा राजनीतिक नेतृत्वबाट चुनिएर आएका जनप्रतिनिधिभन्दा कर्मचारीहरू बढी भ्रष्टाचारमा लिप्त भएको पाइएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077