Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकास्पद लाइसेन्स परीक्षणमा, नक्कली देखिएमा रद्ध गरिने

शंकास्पद लाइसेन्स परीक्षणमा, नक्कली देखिएमा रद्ध गरिने

सोमवार , पौष २२, २०८१

काठमाडौँ । शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ  ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयमार्फत लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने विषयमा अध्ययन सुरु गरेको हो ।

सम्बन्धित कार्यालयका ढड्डामा भएको रेकर्डलाई आधार मानेर अध्ययन सुरु गरिएको हो  । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार बागमतीका यातायात कार्यालयहरूले ती लाइसेन्सको अध्ययन गरेपछि सक्कली भए सम्बन्धितलाई वितरण गरिने छ । पहिचानका क्रममा लाइसेन्स नक्कली भएको देखिएमा नस्ट गरिने निरौलाले बताए ।

यसअघि विभिन्न कार्यालयबाट वितरण गरिएका एक लाख दुई हजार नयाँ लाइसेन्स नक्कली रहेको भन्ने शङ्का लागेपछि रोक्का गरिएको थियो  । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले रोक्का भएका लाइसेन्सको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रक्रिया सुरु भएको बताए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077